सांसद सुवाललाई संक्रमण पुष्टि

Nepal Cover
२१ भाद्र २०७७, आईतवार
image

भक्तपुर । भक्तपुरका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिवसमेत रहेका प्रतिनिधिसभाका सांसद सुवालले कोरोना संक्रमण भएको आशंकामा १५ भदौमा पीसीआर परीक्षण गराएकोमा शनिबार संक्रमण पुष्टि भएको हो । अहिले उनी होम आइसोलेसनमा बसेका छन् । रिपोट पोजेटिभ आए पनि उनको स्वास्थ्य अवस्था सामान्य छ ।