जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

  Sampatti News 2024

July 20, 2024

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच भएको साझेदारीमा गठन भएको वर्तमान सरकारले मधेश प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सङ्घीय सरकारका प्रधानमन्त्रीलाई विश्वातको मत दिने निर्णय गरिएको हो ।

जनमतको नेतृत्वमा कांग्रेस, एमाले, लोकतान्त्रिक समाजवादी ९लोसपा०सहित मधेस प्रदेश सरकारले बिहीबार पूर्णता पाइसकेको छ । ‘हाम्रो पार्टीको सुरुदेखिनै प्राथमिकतामा मधेस प्रदेश सरकार थियो । प्रदेशमा जनमतको नेतृत्वलाई कांग्रेस र एमालेले समर्थन गरेकाले सङघीय सरकारलाई समर्थन गरेर जाने पार्टीको स्पष्ट नीति छ,’ प्रवक्ता यादवले भने ।

प्रतिनिधिसभामा जनमत पार्टीका छ सांसद रहेका छन्।

प्रकाशित मिति:July 20, 2024