राष्ट्रपतिले इच्छामृत्यु अस्वीकार गरेपछि फेसबुक लाइभ गरेर मृत्युको प्रतिक्षा

Nepal Cover
२१ भाद्र २०७७, आईतवार
image

काठमाडौँ । फ्रान्सको डिजोन शहरमा बस्दै आएका ५७ वर्षीय अलाइन कोक लाइलाज नाम गरेका पुरुष विरामीले हैरान बने। आफूलाई उपचारबाट निको नहुने भएपछि उनले राष्ट्रपति इम्यानुएल म्याक्रोसँग इच्छामृत्यु (मर्न मागेको अनुमति) गर्न पाउँ भनेर माग गरे।

तर, राष्ट्रपतिले लाइलाजको इच्छामृत्युको माग खारेज गरिदिए। राष्ट्रपतिले आफू खुसी मर्न नदिने भएपछि उनले खाना पान गर्न छाडिदिए। साथै शनिबार विहान फेसबुकमा आफू मर्न लागेको भन्दै लाइभ सुरु गरे।

फेसबुक लाइभमा लाइलाजले आफू अब एक हप्ताभन्दा धेरै नबाँच्ने नचाहेको बताए। उनले भने, ‘जति समय बित्दै जान्छ त्यति नै मेरो मनमा बेचैन बढेको छ।’

उनले राष्ट्रपतिलाई चिट्ठी लेख्दै आफूलाई निको नहुने रोग लागेको बताएका छन्। उनले भनेका छन्, ‘मेरो असह्या पीडा र दुखाईलाई रोक्न शान्त हुने कुनै औषधि दिनु, जसले म सधैंका लागि शान्तसँग बस्न सकूँ।’

यसबारे राष्ट्रपति म्याक्रोले उनलाई सम्झाउँदै इच्छामृत्यु दिन अस्वीकार गरिदिएका थिए। म्याक्रोले भने, ‘फ्रान्सको कानूनविपरीत जान मलाईं कुनै इजाजत छैन। किनभने म कानूनभन्दा ठूलो हैन। त्यसैले म तपाईंको अपिल मान्न सक्ने अवस्थामा छैन।’

राष्ट्रपतिको जवाफ मिलेपछि लाइलाजले शुक्रबारदेखि आफ्नो मृत्युको फेसबुक लाइभको घोषणा गरी शनिबारदेखि सुरु गरेका छन्। फ्रान्स युरोपीय देशको एक मात्र देश हो, जहाँ इच्छामृत्युको अनुमति दिँदैन।

लाइलाज पछिल्लो ३४ वर्षदेखि विरामी हुँदै आएका छन्। विरामी भएपछि उनी एकै ठाउँमा सुत्नुबाहेक केही गर्न सक्ने अवस्थामा रहेका छैनन्। उनले फेसबुक लाइभ सुरु गर्दै आफूले मृत्युलाई यादगर बनाउन चाहेको बताएका थिए। एजेन्सी