विश्वासको मत मागेपछि कता गए प्रधानमन्त्री ओली ? भयो खोजी

Nepal Cover
६ श्रावण २०८१, आईतवार
image

काठमाडौं । जारी प्रतिनिधिसभा बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा प्रधानमन्त्रीको खोजी गरेका छन् ।

विश्वासको मत माग्ने प्रयोजनका निम्ति बसेको संसद बैठकमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन बोल्दा नै प्रधानमन्त्री हिँडिसकेका थिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बोलेका थिए । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बोलेका थिए उनले बोल्दै भनेका थिए – ‘प्रधानमन्त्रीले कतैबाट सुनिरहनुभएको होला, उहाँलाई बधाई दिन चाहन्छु’ भन्दै कटाक्ष गरेका थिए।

त्यसपछि अध्यक्ष नेपाल बोल्नै बेलामा पनि प्रधानमन्त्री थिएनन्। प्रधानमन्त्री नभएपछि नेपालले प्रधानमन्त्रीको खोजी गरेका थिए । नेपालले भने –‘सर्वप्रथम त प्रधानमन्त्री नियुक्त हुनुभएकोमा केपी शर्मा ओलीलाई औपचारिकरूपमा बधाई ज्ञापन गर्न चाहन्छु। मैले प्रधानमन्त्रीज्यूलाई देखिरहेको छैन। उहाँले आफ्नो विश्वासको निम्ति मत मागिरहनुभएको छ। तर उहाँ यो हलबाट बेपत्ता हुनुहुन्छ। उहाँले संसदलाई महत्त्व नदिएको लाग्यो। उहाँका लागि महत्त्वपूर्ण कुरा भनेको आजको सदनमा आजको पूरा समय उपस्थिति आवश्यक थियो। सबैका विचार, धारणाहरू सुन्ने धैर्य राख्नुपर्छ,’ उनले भने।