प्रधानमन्त्री नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

  Sampatti News 2024

July 21, 2024

काठमाडौं । नयाँ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन सर्वोच्च अदालतले आदेश दिएको । संविधानको गलत धारा प्रयोग भएको उल्लेख गर्दै दायर गरिएको रिट निवेदन संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न भएकाले उक्त विवाद संवैधानिक इजलासले सुनुवाइ गर्न उपयुक्त हुने ठहर गरेको हो ।

आदेशमा भनिएको छ, “प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेकाले सोको निरुपण संवैधानिक इजलासबाट हुनुपर्ने प्रकृतिको देखिँदा सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १७ (२) क बमोजिम प्रधानन्यायाधीशसमक्ष पेस गर्नु ।” संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश रहने व्यवस्था छ ।

प्रकाशित मिति:July 21, 2024