‘पुष्पलालको विचार सही सावित’

  Sampatti News 2024

July 22, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको आज ४६औं स्मृति दिवसका अवसरमा नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अग्रज नेताप्रति उच्च सम्मानका साथै श्रद्धासुमन अर्पण गरेका हुन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र कांग्रेस मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ पुष्पलालले कम्युनिष्ट पार्टी स्थापनाको नेतृत्व गर्नुका साथै कम्युनिष्ट घोषणापत्र नेपालीका अनुवाद गरेको स्मरण गरे ।

‘‘निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिस्ट र कांग्रेसले मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्ने उहाँको विचार सही साबित भयो । मेरा अग्रज नेता पुष्पलालको स्मृति दिवसमा उहाँप्रति उच्च सम्मान र श्रद्धा ’ प्रधानमन्त्री ओलीले लेखेका छन् ।

अग्रजलाई सम्मान भन्दै प्रधानमन्त्री ओलीले लेखेका छन् ‘आज साउन ७ गते, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औं स्मृति दिवस । उहाँले नै सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र पार्टी स्थापनाको नेतृत्व गर्नुभयो । निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिस्ट र कांग्रेसले मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्ने उहाँको विचार सही साबित भयो । मेरा अग्रज नेता पुष्पलालको स्मृति दिवसमा उहाँप्रति उच्च सम्मान र श्रद्धा । ’

प्रकाशित मिति:July 22, 2024