आज पनि शेयर बजारमा उछाल

Nepal Cover
८ श्रावण २०८१, मंगलवार
image

काठमाडौं । आज सेयर बजार नेप्से उच्च अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ७५.३३ अंक अर्थात् तीन ३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३.४३ को बिन्दु कायम भएको हो।

तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता सेयर एक लाख ७१ हजार तीन सय ८७ पटक खरिदबिक्री हुँदा रु १४ अर्ब ११ करोड ६३ लाख ३० हजार नौ सय ९५ बराबरको कारोबार भएको छ।

मंगलबारको कारोबारमा सबै समूहका उपसूचक हरियो देखिँदा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ५.६ र जीवन बिमा समूहको उपसूचक चार दशमलव ४५ प्रतिशतले बढेको छ। ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। समृद्धि फाइनान्स कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, माण्डु हाइड्रोपावर लिमिटेड, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड, नेपाल वायरहाउजिङ कम्पनी लिमिटेड र साहस ऊर्जा लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

सबैभन्दा धेरै सेयर मूल्य गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको घटेको छ। गणपतिको सयर मूल्य ५.८३ प्रतिशतले घटेको हो।