काठमाडौं । नेपाल एसीसी महिला एसिया कप प्रतियोगिता २०२४ मा समूह चरणको अन्तिम खेलमा हार व्यहोरेसँगै सेमिफाइनल सम्भावना सकिएको छ।
नेपाल भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै समूह ‘ए’ बाटै बाहिरिएको हो। यो समूहबाट भारतसहित पाकिस्तान सेमिफाइनल पुगेका छन्। नेपालले समूह चरणका तीन खेलमा एक मात्र जित निकाल्यो। यूएईसँग सानदार जित निकाले पनि सेमिफाइनल पुग्न पर्याप्त बनेन।
भारत ३ खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुग्यो। पाकिस्तान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको है।