मन्त्री खतिवडाको बर्हिगमनसँगै नेप्सेमा गिरावट

  Sampatti News

September 6, 2020

विगत साढे २ वर्ष यता सेयर बजारमा निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको नाममा चलखेल गर्नेहरुलाई आजको सेयर बजारको क्लोजीङ अवस्थाले दरो झापड हानेको छ ।
निर्वतमान अर्थमन्त्री खतिवडाको कार्यकाल भरी नै जब सेयर बजारमा गिरावट आउँछ तब उनको नाम लिने र उनले बोलेको शब्द ‘सेयर बजार अनुत्पादक क्षेत्र हो’लाई चर्चामा ल्याउने गरिएको थियो । धेरै समयदेखि लगानीकर्ताहरुले अर्थमन्त्रीको कारण बजार घटेको उनले मन्त्रालय छोडेपछि बजार बढछ भनेर तर्क गर्दै आएका थिए ।
आजपनि कारोबारको पहिलो घण्टा सेयर बजार खुप तातेको थियो । अर्थमन्त्रीको बर्हिगमनसँगै सेयर बजार उल्लासमय देखियो भन्दै सामाजिक सञ्जाल समेत भरिए तर यसले रिजल्ट भने ठिक विपरीत दियो । बजारखुल्नासाथै हरियाली छायो । प्रि–ओपनिङमा बजारमा ४३ अंकले माथि उक्लिएको थियो । सबै उपसमूहहरुमा हरियाली छाएको थियो । कारोबार खुेलेको केहिबेरसम्म सबै समूह बढेका मात्रै थिए ।

तर, विस्तारै विस्तारै बजार तल झर्दै गयो । बन्द हुँदासम्म व्यापार र म्युचुअल फन्डबाहेक सबै उपमूहहरु राताम्मे देखिए ।

मन्त्री खतिवडाले शुक्रबार राजीनामा दिएका छन् । उनले राजीनामा दिएपछिको पहिलो कारोबारमा नै दोहोरो अंकको गिरावट आयो । धेरै लगानीकर्ताहरुले आइतबार बजारमा सर्किट लाग्छ, मन्त्री खतिवडाको बिदाईलाई स्वागत गर्छ भनेर बसेको थिए, लगानीकर्ताको त्यो सोचाईलाई बजारले गलत साबित गरिदियो ।
नेव्से सूचक १० दशमलव ४५ अंकले घटेर १४९९ दशमलव ९७ बिन्दुमा रोकिएको छ । १९१ कम्पनीको ७० लाख ३८ हजार ९९० कित्ता सेयर २ अर्ब ७८ करोड २३ लाख ७७ हजार ८८७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा टे«डिङ समुहको उपसूचक २२ दशमलव ६३ अंकले बढ्दा बैंकिङ ८ दशमलव १४, विकास बैंक २० दशमलव ८, निर्जीन बीमा २५ दशमलव ६१, उत्पादन तथा प्रशोधन ४० दशमलव ४३, जीवन बीमा २६ दशमलव ३३, माइक्रोफाइनान्स १० दशमलव २७ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको ४० करोड १३ लाख १० हजार ८४ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति:September 6, 2020