नेप्से परिसूचक आज उकालो लाग्यो

Nepal Cover
१० श्रावण २०८१, बिहीबार
image

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर २ हजार ५ सय ६८ दशमलव ११ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव शून्य ९ अङ्कले उकालो लागेर ४ सय ६० दशमलव शून्य तीनमा पुगेको छ। कुल ३ करोड ५५ लाख ९४ हजार ८ सय ६८ कित्ता शेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ मूल्यमा कारोबार भयो।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा गिरावट अएको छ। नौ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ। नेप्सेका अनुसार, उपकार लघुवित्त १०, जीवन विकास लघुवित्त र एसियन हाइड्रोपावरको शेयर मूल्यमा समान ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ।