निजामती सेवा दिवस उत्कृष्ट पुरस्कार १० जनालाई , ३० जनालाई निजामती सेवा पुरस्कार

  Sampatti News

September 7, 2020

काठमाडौँ । निजामती सेवा दिवसको अवसरमा सरकारले १० जना राष्ट्रसेवक कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारले पुरस्कृत गरेको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् । उनी काठमाडौमा आएपछि सेवा प्रवाह सुधारमा उल्लेख्य भुमिका खेलेका थिए । त्यसैगरि झापाको कमल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठलाई पनि १ लाख राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिएको छ । श्रेष्ठले पनि कमल गाउपालिकामा उल्लेखनीय सुधारका कार्यहरु थालेका छन् साथै स्थानीय तहमा सुशासन र विकासका कार्यक्रम सञ्चालन गर्न श्रेष्ठले प्रभावकारी भुमिका निर्वाह गर्दै आइरहेका छन् ।

यसैगरि १ लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा अन्य अधिकारीहरुमा सु्शाील कुमार लम्साल, मान बहादुर अर्याल, प्रकाश जोशी, डिलाराम पन्थी, सुरत कुमारबम, टामलाल पाण्डे, उषादेवी देवकोटा र धन बहादुर लामा रहेका छन् ।
यस्तै ५० हजारको निजामती सेवा पुरस्कार पाउनेहरुमा रघुराम विष्ट,कुवेर नेपाली, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खेमराज कोइराला, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र ,बावुराम अधिकारी रहेका छन् । यस्तै सो पुरस्कार पाउने अन्यमा विरेन्द्रकुमार मिश्र, टिकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल, मञ्जु सिह, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, जानुका पोख्ररेल आचार्य रहेका छन् ।

प्रकाशित मिति:September 7, 2020