वार्षिक मौद्रिक नीति पारित

Nepal Cover
११ श्रावण २०८१, शुक्रबार
image

काठमाडौं । नेपाल राष्ट्र बैंकको बोर्ड बैठकले चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीति पारित गरेको छ।

आज बिहान बसेको बोर्ड बैठकले मौद्रिक नीति पारित गरेको हो। बैठकले आजै सवा १२ बजे मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको छ।

मौद्रिक नीतिमा सेयर बजार, घरजग्गालगायतका क्षेत्रमा खुकुलो नीति लिनेसक्ने अनुमान गरिएको छ।

त्यसैगरी कर्जा, अटोमोबाइललगायत समग्रमा अर्थतन्त्रलाई सहयोग हुनेगरी मौद्रिक नीति आउने अपेक्षा नीजी क्षेत्रको छ।