सुनको भाउ घट्यो

Nepal Cover
११ श्रावण २०८१, शुक्रबार
image

काठमाडौं । स्थानीय बजारमा आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ। बिहीबार एक लाख ४५ हजारमा कारोबार भएको छापावाल सुन आज एक लाख ४४ हजार सात सय निर्धारण भएको छ।

यस्तै, बिहीबार एक लाख ४४ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार निर्धारण भएको छ।

चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको छ। बिहीबार एक हजार सात सय ५० निर्धारण भएको चाँदी आज एक हजार सात सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।