घट्यो इन्धनको मूल्य

  Sampatti News 2024

August 1, 2024

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

पेट्रोलको मूल्य प्रतिलिटर एक रूपैयाँ र डिजेलको मूल्य प्रतिलिटर दुई रूपैयाँले घटेको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसन (आइसोसी) बाट पेट्रोलको मूल्यप्रतिलिटर ०.९८ र डिजेलको मूल्य प्रतिलिटर २.२८ रूपैयाँले घटेर आएपछि निगमले मूल्य घटाएको हो।

पेट्रोल र डिजेलको मूल्य घटे पनि एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रूपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १५५.५० रूपैयाँ कायम भएको छ।

त्यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रूपैयाँ र डिजेलको प्रतिलिटर मूल्य १५७ रूपैयाँ कायम भएको छ।

तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य पेट्रोल प्रतिलिटर १७० रूपैयाँ र डिजेल प्रतिलिटर १५८ रूपैयाँ कायम भएको निगमले जनाएको छ।

प्रकाशित मिति:August 1, 2024