प्रधानमन्त्री ओलीको पहिलो भ्रमण थाइल्याण्डबाट

  Sampatti News 2024

August 1, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो विदेश भ्रमण थाइल्यान्डबाट गर्ने भएका छन् । ओली प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण चीनबाट गराउन चिनियाँ अधिकारीहरूले पनि पहल थालेका छन् । यद्यपि, प्रधानमन्त्री ओली सेम्टेम्बरको पहिलो हप्ता थाइल्याण्ड भ्रमणमा जाने तयारी भइरहेको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौ सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली सेम्टेम्बरको पहिलो हप्ता थाइल्यान्ड भ्रमणमा जाने गरी तयारी भइरहेको हो ।

कांग्रेस–एमाले गठबन्धन बनेपछि प्रधानमन्त्री भएका ओलीको यो पहिलो विदेश भ्रमण हुनेछ । शिखर सम्मेलन सम्भवतः सेप्टेम्बर ४ मा सुरु हुनेछ । यद्यपि मिति तय भइसकेको छैन ।

प्रकाशित मिति:August 1, 2024