तीन जना नयाँ प्रदेश प्रमुखले लिए सपथ

  Sampatti News 2024

August 1, 2024

काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखहरूले शपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बागमतीमा दीपक प्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त भएका थिए।

शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिलल्सिना, सभामुख देवराज घिमिरेलगायतको उपस्थिति थियो।

प्रकाशित मिति:August 1, 2024