August 2, 2024
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६५ पैसा र बिक्री दर १७१ रुपैयाँ ४२ पैसा पुगेको छ।
त्यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
दक्षिण कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७८ पैसा र बिक्री दर ९ रुपैयाँ ८३ पैसा रहेको छ। कुबेती दिनार एकको खरिद दर ४३७ रुपैयाँ २७ पैसा र बिक्री दर ४३९ रुपैयाँ २३ पैसा रहेको छ।
प्रकाशित मिति:August 2, 2024
November 23, 2024