नाउपा राज्यमन्त्री लिएर सरकारमा सहभागी हुँदै, कांग्रेसका पनि दुई जना राज्यमन्त्री बन्दै

  Sampatti News 2024

August 2, 2024

काठमाडौं । कांग्रेस – एमालेको समीकरणमा बनेको केपी शर्मा ओली सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने भएको छ ।
नाउपाका अरुणकुमार चौधरीसहित तीन राज्यमन्त्रीले आज शपथ लिने तयारी भएको बुझिएको छ ।
त्यस्तै कांग्रेसले रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाउने भएको छ ।
विक वन तथा वातावरण राज्यमन्त्री, चौधरी संस्कृति, पर्यटन राज्यमन्त्री र तामाङ ऊर्जा राज्यमन्त्री बन्ने बुझिएको छ ।
मन्त्री बन्ने तिनै जनाको सपथको तयारी भइरहेको बुझिएको छ ।

प्रकाशित मिति:August 2, 2024