प्युठानमा एकै परिवारका तीन जनामा हैजा सङ्क्रमण

Nepal Cover
१८ श्रावण २०८१, शुक्रबार
image

काठमाडौं । प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ। उनीहरू एउटै परिवारका रहेका छन्।

गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए। तीनै जनालाई झाडापखाला लागेपछि उनीहरूको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो।

‘जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो’, उनले भने। गौमुखी गाउँपालिकाका आठ जनामा झाडापखाला देखिएको थियो। उनीहरूको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ।