कानूनतर्फका दुई सहसचिव सचिवमा बढुवा, दुई जनाको सरुवा

  Sampatti News 2024

August 2, 2024

काठमाडौँ । न्याय सेवा आयोगको बैठकले दुई सहसचिवको सचिवमा बढुवा सिफारिस गरेको छ ।

न्याय सेवातर्फका सहसचिवहरु आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुंगानाको सचिव बढुवामा सिफारिस भएको हो ।

श्रेष्ठ रक्षा मन्त्रालय तथा ढुंगाना कानून आयोगमा कार्यरत थिए । त्यस्तै, बैठकले दुई सचिवको सरुवा गरेको छ । 

सचिव उदयराज सापकोटाको कानून मन्त्रालयमा सरुवा भएको छ । कानून मन्त्रालयमा कार्यरत फणिन्द्र गौतमको प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति:August 2, 2024