कुलमान भन्छन्– ‘६० दिन भित्र बक्यौता महसुल नबुझाए लाइन काट्नुको विकल्प छैन’

  Sampatti News 2024

August 2, 2024

काठमाडौं । नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्दैशक कुलमान घिसिङ्ले डेडिकेटेट र ट्रंक लाइन सुविधा लिएका उद्योगले बक्यौता रकम समयमै नतिरे लाइन काट्ने बताएका छन् ।

आज लेखा समिति बैठकमा घिसिङले बक्यौता महसुल भुक्तानी गर्ने सर्तमा उद्योगहरुको लाइन काटिएको फेरि बिजुली जोडिदिएको बताए ।

असार २५ गतेबाट प्राधिकरणले ६ वटा उद्योगको लाईन काटिदिएको थियो । रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको लाइन काटेको थियो ।

उनले भने– ‘६० दिनभित्र महसुल तिरेन भने लाइन कट्नुको विकल्प हुन्नँ । राजस्व उठाएर लगानी गर्ने हो, कर्मचारीलाई बाँढ्ने होइन । सबै निकायमा निर्णय भइसके पछि हामी लेखा समितिमा अहिले छलफल गरिरहेका छौँ। यो विवादलाई चाँडै सल्टाउन पर्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि ८ साउनमा बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा पुनः बिजुली जोड्ने निर्णय गरेको थियो ।‘

अदालत र मन्त्रिपरिषद् बैठकको निर्णयले पनि लोडसेडिङ अन्त्य अघिको महसुल लिनु भनेकोले सोही निर्णय अनुसार नै प्राधिकरणले महसुल लिएको भन्दै उनले समस्या उद्योगी व्यवसायीबाट भएको बताए ।

प्रकाशित मिति:August 2, 2024