एकीकृत समाजवादीले टुङ्ग्यायो केन्द्रीय सदस्य, ३४४ जना केन्द्रीय कमिटी घोषणा

  Sampatti News 2024

August 2, 2024

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको टुंगो लगाएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले ३४४ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको हो ।

गत असार २१ गते सम्पन्न एकीकृत समाजवादीको महाधिवेशनले अध्यक्ष, महासचिव र सम्मानीत नेता मात्रै छनोट गरेको थियो । विधानमा २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भनिए पनि जम्बो केन्द्रीय कमिटी बनाइएको हो ।

बुधबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल र सम्मानीत नेता झलनाथ खनाललाई केन्द्रीय कमिटीको टुंगो लगाउने जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति:August 2, 2024