मिस नेपाल २०२४ को उपाधि आश्माकुमारीले जितिन्

  Sampatti News 2024

August 4, 2024

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन्। शनिबार ललितपुरमा भएको फाइनलमा सुमना केसी र करुणा रावतलाई उछिन्दै केसीले मिस नेपाल वर्ल्ड २०२४ को उपाधि जितेकी हुन्। सुमना केसीले मिस नेपाल अर्थ २०२४ र करुणा रावतले मिस नेपाल इन्टरनेसनल २०२४ को उपाधि जितेकी छिन्।

आश्माले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् भने मिस अर्थ र मिस इन्टरनेसनलमा सुमना र करुणले नेपालको प्रतिनिधित्व गर्नेछिन्। २५ प्रतियोगी मध्ये आश्मा, सुमना र करुणासँगै श्रद्धासुमन सिलवाल, सिम्रिक मानन्धर र प्रेरविता स्वार उत्कृष्ट ६ मा परिन्।

प्रकाशित मिति:August 4, 2024