घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

  Sampatti News 2024

August 4, 2024

काठमाडौैं । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात २५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार नौ सय १० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति:August 4, 2024