क्रिकेट रंगशाला निर्माणको कामलाई अघि बढाउन सजिलो भयोः प्रधानमन्त्री ओली

  Sampatti News 2024

August 4, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार क्रिकेट रंगशालाका विषयमा क्यानका पदाधिकारी, खेलाडी र खेलप्रेमी कलाकारहरूसँग छलफल गरेका छन् ।

छलफलका क्रममा ओलीले क्रिकेट रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो भएको बताएका छन् ।

छलफलपछि उनले आफ्नो समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरूबीच छलफल भयो । यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ । आजको बिहानी खाजा भेटपछि म उत्साही छु ।

प्रकाशित मिति:August 4, 2024