सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाह नियुक्त

  Sampatti News 2024

August 4, 2024

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

मुख्यमन्त्रीबाट एकीकृत समाजवादीका दीर्घ सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाहलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षी प्रदेश सभा सदस्यहरु बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा पनि थिए ।

प्रकाशित मिति:August 4, 2024