August 4, 2024
काठमाडौं । गण्डडकी विश्वविद्यालयमा डिन नियुक्तिको विषयलाई लिएर उच्च अदालत पोखरामा रिट दायर भएको छ । अधिवत्ताहश्र मनोज घर्ती मगर र विमलप्रसाद लामिछानेले विश्व्विद्यालय डिन छनोट सूचनाविरुद्ध रिट दायर गरेका छन् ।
विश्वविद्यालयको न्यायिक परिषद्, कुलपति श्री गणेशमान गुरुङ, कानून तथा व्यवस्थापन संकायको डीन नियुक्तिका लागि गठित समिति, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाएका छन् ।
विश्वविद्यालयले एउटै व्यक्ति व्यवस्थापन र कानुन कार्यक्रमको डिन हुने गरी विज्ञापन आह्वान गरेकाले विज्ञापनमै त्रुटि रहेको उनीहरूले रिटमा दायर गरेको रिटमा उल्लेख छ ।
प्रकाशित मिति:August 4, 2024
November 22, 2024