कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिदै

  Sampatti News 2024

August 5, 2024

काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विशवासको मत लिने भएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आज कडेलले विश्वासको मत लिन लागेका हुन् ।

माओवादी केन्द्रले यही साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागि भएको कुनै पनि दलले समर्थन फिर्ता लिएको खण्डमा मुख्यमन्त्तीले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हुँन्छ । सोहि अनुसार कँडेलले विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार कँडेल २८ चैत २०८० मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसदको आवश्यक पर्छ ।

प्रकाशित मिति:August 5, 2024