काभा वुमेन्स भलिबलः आज नेपालले माल्दिभ्सको सामना गर्ने

  Sampatti News 2024

August 5, 2024

काठमाडौं । काभा वुमेन्स नेसन्स भलिबलमा आज नेपालले माल्दिभ्स भिड्दै छ । आज दिउसो सवा ३ बजे खेल सुरु हुने छ । भारतसँग ऐतिहासिक जित निकालेको नेपालले इरानसँग भने पराजित भएको छ । माल्दिभ्स भने हालसम्मका सबै खेलमा पराजित भएको छ ।

अंकसहित भारत शीर्ष स्थानमा रहँदा समान ७ अंक नै रहेको इरान दोस्रो स्थानमा छ । नेपाल ६ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति:August 5, 2024