‘विद्युत प्राधिकरणका सदस्यलाई सरकारले नियम विपरित हटायो’

  Sampatti News 2024

August 5, 2024

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकार ‘अटोक्रेसी’ बन्न खोजेको आरोप लगाएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपाल विद्युत प्राधिकरणका दुई जना सदस्यहरुलाई नियमविपरि हटाएर अटोक्रसी बन्न खोजेको आशंका व्यक्त गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाल विद्यु

‘अघिल्लो सदनको लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको विषयमा छानबिन गर्न एउटा उपसमिति बनाएको थियो । २०७६ साल साउन ५ गतेको निर्णयबाट सो उपसमिति बनेको थियो । ’ उनले भने–‘ उक्त उपसमितिमा मिनेन्द्र रिजाल संयोजक तथा तेजुलाल चौधरी, प्रदीप यादव, पार्वती कार्की विशुंखे र सूर्यप्रसाद पाठक सदस्यहरू हुनुहुन्थ्यो ।’

त्यस्तै, डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुलीसम्बन्धमा विद्युत् प्राधिकरणलाई आर्थिक क्षति हुने र आर्थिक दायित्व बढ्ने गरी कुनै निर्देशन नगर्न र नगराउन पनि नेपाल सरकारलाई निर्देशन दिने भनेर भनिएको उनको भनाई छ । तर, लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ती निर्णयहरूलाई उल्टाउन लागेको उनले आरोप लगाए ।

प्रकाशित मिति:August 5, 2024