तस्करीको सुन विक्रि गरेको आरोपमा ज्वेलर्सविरुद्ध मुद्दा दायर, आठ करोड १५ लाख बराबरको जरिवाना माग

  Sampatti News 2024

August 5, 2024

काठमाडौं । तस्करीको सुन बिक्री गरेको भन्दै राजश्व अनुसन्धान विभागले पोखराको एक ज्वेलर्सविरुद्ध म्द्दा दायर गरेको छ ।

ज्वेलर्सविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दर्ता गराएको हो । विभागका महानिर्देशक चक्रबहादुर बुढाका अनुसार भारतको पश्चिम बगाल मेदिनीपुरका सुरजित भौमकले सञ्चालन गर्दै आएको जय भैरव ज्वेलर्समा तस्करीको सुन प्रयोग भएको अनुसन्धानबाट देखिएपछि राजश्व चुहावटको मुद्दा दायर गरिए हो । भौमिकलाई २०८० फागुन १ गते ७ किलो सुनसहित जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ परेको थियो ।

पक्राउ परेपछि अनुसन्धान गर्दा उनले तस्करीमार्फत नेपालभित्र भित्रेको सुन बिक्री गर्ने गरेको खुलेको विभागको अभियोग पत्रमा उल्लेख छ। विभागले भौमिकसहित पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ।

विभागले उनीहरूसँग ८ करोड १५ लाख १६ हजार ८ सय ३८ रुपैयाँ बिगो र सोही बराबर जरिवाना माग गरेको छ ।

प्रकाशित मिति:August 5, 2024