बंगलादेशमा सेनाले लियो सत्ता कब्जामा, चाँडै अन्तरिम सरकार बनाउने तयारी

  Sampatti News 2024

August 6, 2024

काठमाडौं । बंगलादेशमा सेनाले सत्ता लिएको छ। प्रधानमन्त्री सेख हसिना राजीनामा दिएर छोडेर भागेपछि सेनाले सत्ता लिएको हो। अन्तरिम सरकार बनाउने तयारी भइरहे पनि सरकार गठन नभएसम्म त्यहाँको सत्ता सेनाको नियन्त्रणमा रहनेछ। सेना प्रमुख वकार–उज–जमानले राष्ट्रलाई सम्बोधन गर्दै चाँडै अन्तरिम सरकार बनाउने तयारी भइरहेको बताएका छन्।

विपक्षी दलहरूसँग छलफल भएको र चाँडै अन्तरिम सरकार गठन हुने उनको भनाइ छ। प्रमुख जमानले प्रधानमन्त्री हसिनालाई राजीनामा गर्न सेनाले नै सुझाव दिएको बताए। उनले आन्दोलन रोकेर देशमा शान्ति बनाउन प्रदर्शनकारीहरूलाई आग्रह गरेका छन्।

हसिनाले राजीनामा दिएपछि प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवासका सामान उठाएर बाहिरिएका तस्बिरहरू सार्वजनिक भएका छन्।

सोमबार प्रदर्शन थप उग्र भएपछि हसिना बंगलादेश छोडेर हेलिकप्टरबाट भारतको पश्चिम बंगालस्थित अगरतला भागेकी छन्। हसिना आफ्नी बहिनी सेख रहानालाई लिएर भारततर्फ भागेकी हुन्। सरकारी सेवामा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन हिंसात्मक भएपछि प्रधानमन्त्री हसिना बहिनीका साथ हेलिकप्टरबाट देश छोडेकी हुन्।

प्रकाशित मिति:August 6, 2024