बंगलादेशको संसद भंग

  Sampatti News 2024

August 7, 2024

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेको २४ घण्टापछि देशको संसद् भंग भएको छ । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले मंगलरबार देशको संसद् भंग गरेका हुन् । राष्ट्रपति कार्यालयको प्रेस विभागले एक सूचना जारी गर्दै संसद् भंग भएको जानकारी दिएको छ ।

आन्दोलनरत विद्यार्थी नेताहरूले मंगलबार दिउँसोसम्म संसद भंग गर्न अल्टिमेटम दिएका थिए । विद्यार्थी नेताहरूले सेना नेतृत्वको सरकार स्वीकार्य नहुने बताउँदै आएका छन् । उनीहरुले नोबल पुरस्कार बिजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताउँदै आएका छन् ।

त्यस्तै यता, जेलमा रहेकी पूर्वप्रधामन्त्री बेगम खालेदा जिया मुक्त भएकी छन् । राष्ट्रपतिले खालेदा जियालाई रिहा गर्ने आदेश दिएपछि उनी मंगलबार अपरान्ह जेलमुक्त भएको बीबीसीले जनाएको छ ।

राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति:August 7, 2024