नेप्से परिसूचकमा एक सय आठ अङ्कको वृद्धि

  Sampatti News 2024

August 7, 2024

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से १०८.३५ अंकले बढेर दुई हजार ७ सय ५९ दशमलब ६७ विन्दुमा बन्द भएको हो । नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को बिन्दुमा कायम भएको हो ।      

आज नेप्सेमा १७ अर्ब ९५ करोड ९ लाख बराबरको करोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये २३९ वटाको बढेको छ भने ३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।  

आज नेप्से परिसूचक चार दशमलव ०८ प्रतिशतले बढेको हो । तीन सय ३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार दुई सय ६७ कित्ता शेयर दुई लाख १२ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड नौ लाख १८ हजार छ सय २७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सबै समूहको उपसूचक बढेको छ । 

सबैभन्दा धेरै अन्य समूहको उपसूचक सात दशमलव ८९ प्रतिशतले बढेको छ । बैंकिङ दुई दशमलव ३२, विकास बैंक चार दशमलव ५१, वित्त सात दशमलव ६३, होटल तथा पर्यटन पाँच दशमलव १३, जलविद्युत् पाँच दशमलव ७२, लगानी तीन दशमलव ८९ र जीवन बीमा तीन दशमलव ९७ प्रतिशतले बढेको छ । 

त्यस्तै उत्पादन तथा प्रशोधन तीन दशमलव ५३, लघुवित्त दुई दशमलव १७, म्युचुअल फन्ड एक दशमलव ०१, निर्जीवन बीमा तीन दशमलव ०८ र व्यापार समूह पाँच दशमलव ५३ प्रतिशतले बढेको छ । आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दुई सय ३९ कम्पनीको शेयर मूल्य बढ्दा तीन वटा कम्पनीको मात्रै घटेको छ । 

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन इन्स्याेरेन्स लिमिटेडको एक अर्ब ५३ करोड ५३ लाख ६० हजार चार सय ७३ बराबरको १६ लाख ९४ हजार २१ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:August 7, 2024