उपत्यकामा आज संक्रमितको संख्या ५ सयको नजिक

Nepal Cover
२४ भाद्र २०७७, बुधबार
image

काठमाडौँ । काठमाडौं उपत्यका बुधबार थप ४६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ। जसमा काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ। ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ।