टीआरसी विधेयकको प्रतिवेदन समितिबाट पारित

Nepal Cover
२४ श्रावण २०८१, बिहीबार
image

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले सर्वसम्मतिले पारित गरेको छ ।

आज बसेको समितिको बैठले सर्वसम्मतरुपमा पारित गरेपछि आगामी प्रतिनिधिसभाको बैठकमा उक्त प्रतिवेदन पेश हुने छ ।

सो विधेयक २५ फागुन २०७९ प्रतिनिधिसभा दर्ता भएको थियो । सो विधेयक कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन थियो ।

विधेयकमा सहमति जुट्न नसकेको विषयमाथि छलफल र सहमति गर्न असार १३ गते ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।