राजेन्द्र महतोले पार्टी घोषणा गर्ने तयारी

Nepal Cover
२४ श्रावण २०८१, बिहीबार
image

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले कात्तिकमा नयाँ पार्टीको घोषणा गर्ने भएको छ । नयाँ पार्टी बनाउनका लागि राष्ट्रिय मुक्ति क्रान्तिले कार्ययोजना तयार गरिसकेको हो ।

उक्त कार्ययोजना कार्यकारिणीबाट पारित भएपछि कात्तिकमा पार्टी घोषणा गर्ने तयारी भइरहेको राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले बताए । यसअघि बसेको राष्ट्रिय मुक्ति क्रान्तिको बैठकले दिएको कार्यादेश अनुसार कार्ययोजना तयार गरिएको हो ।