नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको आरोपमा लेखापालविरुद्ध मुद्धा

Nepal Cover
२४ श्रावण २०८१, बिहीबार
image

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको आरोपमा एक लेखापालविरुद्ध भ्रष्टाचार मुद्धा चलाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, बुटवल वितरण केन्द्रमा सहायक लेखापाल सुधीरकुमार चतुर्वेदीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा दायर गरेको हो ।

सेवा प्रवेश गर्दा चर्तुर्वेदीले विहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा तह द्वितीय श्रेणीमा उत्तीर्ण गरेको लब्धांक पत्र, अस्थायी प्रमाणपत्र, श्री जगनाथ शाह संस्कृत प्रा सह माध्यमिक विद्यालय, कौडिहार चौक महाविर नगर, रक्सौल पूर्वी चम्पारण बिहारबाट जारी आचरण प्रमाण–पत्रलगायत शैक्षिक योग्यताका कागजात पेस गरेका थिए ।

चतुर्वेदी २०६६ कात्तिक ९ मा सेवा प्रवेश गरेका थिए । उनी क्लर्क (लेखा तह–घ) पदमा पदस्थापन भएका चर्तुर्वेदी त्यसपछि बढुवा भई सहायक लेखापाल बनेका थिए ।

अनुसन्धानका क्रममा उनले पेस गरेका सबै कागजातहरु नक्कली भएको भेटिएको अख्तियारले जनाएको छ ।