बढ्यो सुनको मूल्य

Nepal Cover
२५ श्रावण २०८१, शुक्रबार
image

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ । 

बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला  एक लाख ४७ हजार चार सय निर्धारण भएको छ ।

यसैबीच शुक्रबार चाँदीको मूल्य तोलामा ४० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार छ सय ९० मा कारोबार भएको चाँदी शुक्रबारका लागि भने एक हजार सात सय ३० निर्धारण भएको छ ।