२० ठेकेदार कम्पनी कालो सूचिमा थपिए

Nepal Cover
२५ श्रावण २०८१, शुक्रबार
image

काठमाडौं । सरकारले थप २० वटा ठेकेदार कम्पनीहरुलाई कालो सूचिमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २० निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।

कालो सूचीमा परेको ती कम्पनीहरु अब एक वर्ष देखि तीन वर्ष सम्म कुनै पनि प्रकृयामा भाग लिन नपाउने भएका छन् ।