September 9, 2020
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरु मूख्य काम भनेको ग्राहकहरुलाई सहज तरिकाले वित्तीय सेवा प्रदान गर्ने हो । नेपाल राष्ट्र बैंकले नियमन तथा सुपरीवेक्षण गर्ने भएका कारण पनि बैंकहरुको सेवा अलि भरपर्दो मानिन्छ ।
बैंकहरुले सेवा प्रदान गरेवापत नियामानुसार शुल्क पनि लिन पाउछन् । तर केहि बदमास बैंकहरुले ग्राहकको आँखा झुक्याएर मनपरी गर्ने गरेका घटनाहरु पनि बेलाबेलामा आउने गरेका छन् । कुनै एक बैंकले ग्राहक झुक्याएर मनपरी गर्दा बैंकिङ क्षेत्रकै बद्नाम हुने खतरा हुन्छ ।
यसको पछिल्लो एक उदाहरण हो नेपाल इन्भेष्टमेन्ट बैंक । पृथ्बी बहादुर पाँडे अध्यक्ष र ज्योतिप्रकाश पाँडे प्रमुख कार्यकारी अधिकृत रहेको बैंकले जनता झुक्याएर बद्मासी गर्ने गरेको छ । अचम्मको कुरा त के छ भने, यो बैंकले सोझा सिधा सर्वसाधारणको आम्दानी नै खाइदिन्छ । यो सत्य बैंकले आफ्नै ग्राहककै आम्दानी खाइदिने गरेको हामीले प्रमाण फेला पारेका छौँ ।
सामान्य नागरिकको त कुरै छोडौं बैंकले देशकै चर्चित व्यक्तिलाई समेत ठग्ने गरेको तथ्य हामीले पाइएका छौं । चर्चित नायक तथा कलाकार जय किशन बस्नेतको आम्दानी समेत खोसिदिएको छ भने हामी अनुमान गरौं सर्वसाधारणलाई कति लुटेको होला रु
चर्चित कलाकार बस्नेतले मोबाइल टिभि नामक युटुव च्यानल चलाउँदै आएका छन् भने उक्त च्यानलबाट हुने आम्दानीमा एउटा कारोबारबाट नै १० औं हजार रुपैयाँसम्म काट्ने गरेको तथ्य फेला परेको छ । बस्नेतको अघिल्लो एक महिनामा लगभग ७० हजार रुपैयाँभन्दा बढी युटुबबाट आम्दानी भएको थियो । तर उक्त पुरा रकम आफूले नपाएको बस्नेतको गुनासो छ ।
बस्नेतको बैंक खाता नेपाल इन्भेष्टमेन्ट बैंकमा छ । युटुबबाट भएको आम्दानी बस्नेतको खाता रहेको सोहि बैंकमा नै सिधै आउँन त आउँछ तर पुरा रकम कहिले पनि आउँदैन नत समयमा आउँछ । उनको रकम आउँदा सँधै १५ प्रतिशतसम्म कटाएर मात्र बैंकले भुक्तानी दिने गर्छ ।
अन्य बैंकहरुमा पनि युटुब चलाउनेहरुको रकम जम्मा हुन्छ । नविल बैंकमा खाता भएका युटुबरहरु एक रुपैयाँ पनि नकाटिएको सुनाउछन् । ‘मेरो पनि आम्दानीको श्रोत युटुब नै हो, मेरो पैसा सधै नविल बैंकमा आउछ’ एक युटुबरले भने, ‘खै नविल बैंकमा त एक रुपैयाँ पनि काट्दैन ।’
नेपाल इन्भेष्टमेन्ट बैंकले युटुबको आम्दानीमात्रै होइन अन्य माध्यमबाट पनि ग्राहकलाई ठग्ने गरेको श्रोत बताउँछ । बैंकले आफ्ना ग्राहकहरुको खाताबाट थोरै थोरै रकम गर्दै धेरै ग्राहकबाट धेरै रकम काट्ने गरेको गुनासो समेत हामीलाई प्राप्त भएको छ । यस विषयमा बैंकका सीईओ पाण्डेलाई पटक–पटक सम्पर्क गर्दा पनि फोन उठाएनन् भने उनले बीचमै फोन काटे ।
नेपाल ईन्भेष्टमेन्ट बैंकको सुचना अधिकारीसँग प्रतिक्रिया लिन प्रयास गरियो तर बैंकको वेभसाईटमा उक्त पदको कुनै व्यक्ति फेला परेन न त आधिकारिक फोन नम्बर नै । समाचार सम्बन्धमा बैंकका कार्यकारी अधिकृत पाँडेलाई म्यासेज पठाएपछि भने ईन्भेष्टमेन्ट बैंकको नाम लिँदै बिजेन्द्र सुवालले फोन गरे ।
बैंकमा सुचना अधिकारी नभएको घुमाउरो तरिकाले स्विकार्दै सुवालले त्यस्तो गुनासो गर्ने मान्छेको नाम पठाउँनु म गुनासो सुन्दिन्छु भनेर उल्टै निर्देशन दिए । मिडियासम्म पुगेर गुनासो गर्ने मान्छेको मात्र मुख बन्द गर्ने सुवालको चतुर्याईंबाट पनि बैंकको सर्वसाधारण ठग्न काईदा प्रस्ट हुन्छ । बैंकको बद्मासीबारे हामीले थप खोज गरिरहेका छौं । थप प्रमाण पाएमा अन्य विषयमा पनि हामीले समाचार प्रकाशन गर्नेछौं । (यो समाचार अनलाईनपानामा छ)
प्रकाशित मिति:September 9, 2020
November 23, 2024