ब्राजिलमा विमान दुर्घटनाः चालक दलसहित सवार ६१ जनाकै मृत्यु

Nepal Cover
२६ श्रावण २०८१, शनिबार
image

काठमाडौँ । ब्राजिलको साओ पाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य चढेको विमान दुर्घटना भएको छ ।

भिन्हेदो सहर नजिकै रहेको भालिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको बताएका छन् ।

दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो।

उक्त दुर्घटनामा ६१ जनाकै मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । स्थानीय अधिकारीहरूले विमान आवासीय क्षेत्रमा खसेको बताएका छन्। विमान आवासीय क्षेत्रमा खसेको भए पनि त्यहाँका कोही मानिस घाइते नभएको बीबीसी समाचारमा उल्लेख छ।

दुर्घटनाको खबर सुनेपछि ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले एक कार्यक्रममा एक मिनेट मौन धारण गरेका थिए । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भने,’धेरै दुखद घटना भयो। पीडित परिवारप्रति मेरो गहिरो समवेदना।’ विमान दुर्घटनाको सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ । बीबीसी