गाजाको एक विद्यालयमा इजरायलको हमला, एक सय बढी मानिस हताहत

  Sampatti News 2024

August 10, 2024

काठमाडौं । गाजाको एक विद्यालयमा इजरायलले हमला गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छनन् । शनिबार बिहान इजरायलले गरेको हमलामा एक सयभन्दा बढीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

हमलामा परि मृत्यु हुनेमा महिला, बालबालिका र वृद्ध छन् । अन्य दर्जनौँ आक्रमण भएको विद्यालयमा धेरैले आश्रय लिइरहेका थिए । बिहानको नमाज पढिरहेका बेला आक्रमण भएको समाचारमा उल्लेख छ ।

स्थानीयका अनुसार विद्यालयमा एकपछि अर्को गरेर तीन रकेट प्रहार गरिएको थियो । उता इजरायली सेनाले भने अल–ताबिन विद्यालय हमासको कार्यालयको रूपमा प्रयोग भएको दाबी गरेको छ । उसले सर्वसाधारणमाथि नभएर हमास आतंकवादीलाई लक्षित गरेर विद्यालयमा आक्रमण गरिएको दाबी गरेको छ ।

प्रकाशित मिति:August 10, 2024