एक सय दिन भित्र गर्न सकिने कामको योजना बनाई पेश गर्न सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

Nepal Cover
२७ श्रावण २०८१, आईतवार
image

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २८ गते भित्र अबका एकसय दिन भित्र सकिने कामहरुको योजना बनाई पेश गर्न सचिवहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गराउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रत्येक मन्त्रालयका सचिवहरूलाई पत्राचार गर्दै कार्य योजना बनाई पेश गर्न भनेको हो ।

‘प्रतिनिधिसभामा गरेको सम्बोधन र मन्त्री–सचिवहरूलाई दिएको सामूहिक निर्देशनसमेतका आधारमा प्रत्येक मन्त्रालय तथा केन्द्रिय कार्यालयहरूले सय दिन भित्र गर्न सक्ने कामको कार्य योजनासहित २८ गते भित्र पेश गर्न निर्देशन भएको छ’, प्रशासन सिंहदरवार विशेष स्रोतले भन्यो ।

समृद्ध नेपाल सुखी नेपालीको अभियानकर्तासमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन कायम गर्दै सुव्यवस्था दिन लागि परेको बताउँदै आएका छन् ।