भ्रष्टाचार मुद्दामा दोषी ठहर चूडामणि शर्माको विनोद शर्माको इजलासमा पेशी

  Sampatti News 2024

August 11, 2024

काठमाडौं । लोकसेवाका गुरु मानिएका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकालको आज सुनुवाई हुँदैछ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर आफैँ आत्मसमर्पण गर्दै डिल्लीबजार कारागारमा पुगेका शर्माले गत शुक्रवार दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेशी तोकिएको छ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले सजाय निर्धारण गर्दै उनीसहितका दुई प्रतिवादीसँग दामासाही रूपमा बिगो भराउने फैसला गरेको थियो। बिगो दामासाहीले भाग लगाउँदा हरेकको भागमा २ अर्ब ५ करोड ४६ लाख पर्छ।

बिगोको दोब्बर सजायहुँदा रकम प्रतिव्यक्ति ४ अर्ब १० करोड पुगेको थियो। ३० अर्ब ५२ करोड रुपैंयाको राजस्व फस्यौंट गर्दा ९ अर्ब ५४ करोड रुपैंयामात्रै राज्यकोषमा दाखिला भई अरु रकम अनियमित ढंगले मिनाहा भएको घटनामा शर्मा मुछिएका शर्मालाई विशेषले गत वर्ष शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनलाई बिगो र जरिवाना गरी ६ अर्ब १५ करोड ७० लाख रुपैयाँ तिराउन आदेश गरेको छ ।

बिगो र जरिवाना वापतको रकम धरौटी राख्न नसकेपछि उनी थुनामा पुगेका हुन् । आफैँ आत्मसमर्पण गरेपछि थुनामा रहेका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकालको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेशी तोकिएको छ।

प्रकाशित मिति:August 11, 2024