पूर्वप्रशासक चुडामणि शर्मालाई थुनामा राख्नुपर्ने कारण लिखितरुपमा पेश गर्न आदेश

  Sampatti News 2024

August 11, 2024

काठमाडौं । पूर्वसहसचिव चुडामणि शर्मा थुनामा पर्नुको कारण पेश गर्न अदालतले आदेश दिएको छ । विशेष अदालतबाट दोषी ठहर भएका शर्माको बन्दी प्रत्यक्षीकरणको निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले शर्मालाई बन्दी राख्नुपर्ने कारण लिखितरुपमा पेश गर्न आदेश दिएको हो ।

सर्वोच्चले विशेष अदालत, कारागार प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफ्नै रिट तथा मुद्दा महाशाखाका नाममा आदेश जारी गरेको हो । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर भएका पूर्वप्रशासक चुडामणि शर्माले आफू गैरकानूनी थुनामा परेको भन्दै सर्वोच्च अदालतमा निवेदन पेस गरेका थिए ।

दायर गरेको रिट उपर सुनुवाई गर्दै न्यायधीश विनोद शर्माको एकल इजलाशले शर्मालाई थुनामा राख्नुको कारण पेश गर्न विशेष अदालत, कारागार प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफ्नै रिट तथा मुद्दा महाशाखाका नाममा आदेश जारी गरेको हो ।

प्रकाशित मिति:August 11, 2024