बंगलादेशमा नयाँ प्रधानन्याधीश नियुक्त

  Sampatti News 2024

August 11, 2024

काठमाडौं । बंगलादेशको उच्च अदालतमा नयाँ प्रधानन्यायाधी नियुक्त भएका छन् । उच्च अदालमा सैयद रफत अहमद प्रधानायायाधीश नियुक्त भएका हुन् ।

आरक्षणविरुद्धको आन्दोलनका क्रममा प्रधानमन्त्री शेख हसिना राजीनामा दिन बाध्य भएकी थिइन् ।

यसपछि विद्यार्थीहरूले प्रधानन्यायाधीश अबैदुल हसनसहित ५ न्यायाधीशहरूको राजीनामा मागेका थिए ।
हसनले राजीनामा दिएपछि शनिबार राष्ट्रपति मुहम्मद सहाबुद्दीनले अहमदलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए ।

ढाकाको अखबार द डेली स्टारका अनुसार, नवनियुक्त प्रधानन्यायाधीश अहमदले आइतबार राष्ट्रपति निवासमा १२ः४५ बजे शपथ ग्रहण गरेका छन् ।

प्रकाशित मिति:August 11, 2024