सर्त सहित निषधाज्ञा खुकुलो, के गर्न पाईन्छ के गर्न पाईन्न ?

  Sampatti News

September 10, 2020

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा लागू निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । निषेधाज्ञा बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरिएको हो । यसअघि भदौ १४ गते बुधबार राति १२ बजेसम्म लागू गरिएको थियो ।

निषेधाज्ञा कायमै रहे पनि बिहीबारदेखि १६ सिट क्षमताभन्दा बढी भएका सर्वाजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सकिने भएको छ । साथै भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनीका बालबालिका २ जनासम्म राखेर चलाउन सकिनेछ ।

त्यसैगरी सवारी साधनको हकमा जोर बिजोर प्रणाली लागू गरिएको छ । तर मालबाहक ढुवानीका सवारी साधनहरुको हकमा भने जोर बिजोर प्रणाली लागू हुने छैन ।अत्यावश्यक वस्तु वा सेवामध्ये खाद्य वस्तु, दूध र दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु बिक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइनेछ ।

त्यसैगरी टेक अवे सेवाका साथै अनलाइन डेलिभरी सेवा दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । भने फर्निचर र अटो मोबाइल सम्बन्धि पसल सातामा सोमबार र बुधबार मात्रै खोल्न पाइनेछ भने वर्कसपहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाइनेछ ।
प्रशासन कार्यलयको सुचना यस्तो छः

प्रकाशित मिति:September 10, 2020