९४ दशमलव ५३ अंकले बढ्यो नेप्से, कारोबारमा नयाँ रेकर्ड

  Sampatti News 2024

August 11, 2024

काठमाडौं । आज(आइतबार) शेयर कारोबारमा हरियाली छाएको छ । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ हजार ८ सय ६० दशमलव ९१ बिन्दुमा पुगेको छ ।

आज बजार ९४ दशमलव ५३ अंकले बजार बढेको नेप्सेले जनाएको छ । आज कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ ।

आज २५ अर्ब ७७ करोड, ९४ लाख, ५३ हजार ५ सय ९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

यसअघि साउन २२ गते भएको कारोबारको रेकर्ड तोड्दै शेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो । सो दिन २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको हो ।

आज कारोबारमा आएकामध्ये २२५ कम्पनीका शेयर बढेका छन्, १५ वटा कम्पनीको शेयर घटेको छ भने २ वटाको कुनै पनि परिवर्तन भएका छैनन् ।

प्रकाशित मिति:August 11, 2024