एकै पटक ७० जना सहसचिवको सरुवा गर्ने तयारीमा सरकार

  Sampatti News 2024

August 12, 2024

काठमाडौं । सरकारले ७० भन्दा बढी सहसचिवहरुको सरुवा गर्ने तयारी गरेको बुझिएको छ । सरकारले २१ सचिवहरुको सरुवा गरिसकेसँगै अब सहसचिवहरुको सरुवाको प्रक्रिया अगाडि बढाएको छ । सरकारले एकैसाथ ७० भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ ।

आज मन्त्रिपरिषदको बैठक बस्दैछ । सोहि बैठकबाट उनीहरुको सरुवाको तयारीको निर्णय गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यो नियमित बैठक हो ।

बैठकमा समसामयिक विषयका साथै केही कर्मचारीहरुको सरुवा हुने प्रधानमन्त्री कार्यालयको स्रोतले बताएको छ ।

विभिन्न विभागका डिजी, प्रदेश प्रमुख र प्रमुख जिल्ला अधिकारीहरुसहित गरी एकै लटमा ७० भन्दा बढी सहसचिवहरु सरुवा हुन सक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति:August 12, 2024